sp pokharel 7
माघ १५ इनरुवा/
उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन टोलीले स्थानीय तहमा सेवा प्रवाहकलाई चुस्त पार्न निर्देशन दिएको छ ।
सुनसरी पुगेको प्रशासन सुधार तथा कार्यान्वयन समितिको उच्च स्तरीय टोलीले इनरुवामा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयबाट प्रदान गरिने सवै खाले सेवा र न्याय सम्पादनलाई चुस्त पार्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको संयोजनमा आयोजित कार्यक्रममा प्रशासकिय अदालत अध्यक्ष एवं उच्च स्तरीय प्रशासन सुधार कार्यान्यवन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले कार्यालय प्रमुखहरुलाई सेवा प्रवाहमा भएका त्रुटी सच्चाएर अघि बढ्न निर्देशन दिनुभएको हो ।
कार्यक्रममा पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधिस केदारप्रसाद चालिसेले सेवा सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवाको प्रवाह र न्याय सम्पादनलाई चुस्त र मजबुत बनाउँदै समय सापेक्ष्य अघि बढ्नु आजको आवश्यक्ता औल्याउनु भयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले समग्र जिल्लाका सरकारी कार्यालयहरुको अवस्था र चुनौति लगायतका बारेमा उच्च स्तरीय टोलीसामू जानकारी गराउनुभएको थियो ।
कार्यक्रमबाट आएका सुझाव र गुनासोहरुका आधारमा चुस्त एवं प्रभावकारी सेवा प्रवाह सम्वन्धी सुनसरी प्रतिवद्धतापत्र २०७२ जारी गरिने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया