- अमर काफ्ले

हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकका लागि बाफ लिने मेसिन वितरण थालेको छ । नगर प्रमुख राजन मेहताले जेष्ठ नागरिकको हकमा तातो बाफ लिन मिल्ने मेसिन वितरणको कार्य थालेका हुन् ।

मेहताले जाडो यामलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण थालिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले समेत बाफ लिने मेसिन लाभकारी ठहरिने मेहताले बताए ।नगर प्रमुख मेहताले नगरका दशवटै वडामा रहेका जेष्ठ नागरिकहरुलाई सो सामान उपलब्ध गराइने बताए । उनले वडा कार्यालयसँगको समन्वयमा सामग्री वितरण थालिएको बताए ।

वितरण कार्यक्रम अन्र्तगत वडा नम्बर ६ का वृद्धवृद्धालाई सो मेसिन बाँडिएको छ । वडा अध्यक्ष कोषराज अधिकारीका अनुसार वडामा रहेका ५ सय ९० जनालाई बाफ लिन मिल्ने मेसिन बाँडिने छ । अध्यक्ष अधिकारीले वडाको तथ्याङकमा रहेका वृद्धवृद्धालाई उक्त सामान वितरणको क्रम अन्तिम चरणमा पुगेको बताए ।अध्यक्ष अधिकारीले नगरपालिकाको कार्यालय सँगको समन्वयमा वडाका ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई उक्त सामान वितरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया