- अमर काफ्ले

बिदाको दिन शनिबार सरकारी कर्मचारीले प्रयोगमा ल्याएका सवारीका साधन इनरुवामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले उक्त सवारीका साधन नेपाल निजामती कर्मचारी संगठन इनरुवाको कार्यालय अगाडी बाट नियन्त्रणमा लिएको हो ।

ट्राफिकले सो स्थानबाट एक दर्जन बढी सरकारी नम्बर प्लेट भएका सवारीका साधन नियन्त्रणमा लिएको छ ।सरकारी गाडी लिएर कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनकालागि आयोजित चुनावमा सहभागि हुन पुगेका थिए ।बिदाको दिन कुदाइएका त्यस्ता सवारी ट्राफिकले भेला पारी सिक्रिले बाँधेर नियन्त्रणमा राखेको हो । शनिबार बिदाका दिन भएकाले दुरुपयोग गरी प्रयोगमा ल्याइएका मोटरसाइकल र चार पाङग्रे गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीका साधन उपरको कार्वाहीको प्रकृया माथिको आदेश अनुरुप हुने इनरुवाका ट्राफिक प्रहरी प्रमुख दिनेश कुमार चौधरीले बताउनु भयो ।



तपाईको प्रतिक्रिया