- अमर काफ्ले

हात धोऔं,स्वस्थ रहौं / इनरुवाका व्यापारीहरुलाई कर समवन्धि शिक्षा दिइएको छ । उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा ब्यापारी लक्षित कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

उद्योग वाणिज्य संघ इनरुवाको भवनमा आयोजित उक्त कार्यक्रमका सहभागिलाई कर शिक्षा बारेमा अवगत गराइएको थियो ।आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौला र कर अधिकृत प्रकाश राईले सहभागिहरुलाई सो बारेमा जानकारी गराएका थिए ।उवासंघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा सहभागी र आन्तरिक राजश्व कार्यालयका अधिकृत बिच अन्तरक्रिया गरिएको थियो । व्यापारीहरुको जिज्ञासा र सोधिएका प्रश्नको कर अधिकृतहरुले जवाफ दिएका थिए ।विद्यमान नीति र सरकारी अवधारणा सँगै कर प्रतिको नागरिकको दायित्व र जिम्मेवारी वहन गर्ने र गराउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शाहले बताए ।शाहले अन्तरक्रियात्मक कार्यक्रमबाट आपसमा समन्वयात्मक भावना जागृत हुनुका साथै राज्य प्रति जिम्मेबार बन्दै कर तिर्नु पर्छ भन्ने भावनाको बिकास गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा उवासंघ इनरुवाका उपाध्यक्ष गिरिराज अटल, सचिव रोशन खड्का,कोषाध्यक्ष रमेश श्रेष्ठ, सह सचिव सुरेन्द्र साह लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया