- अमर काफ्ले

नेपाली काँग्रेस सुनसरीले जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ ।  सदरमुकाम इनरुवामा नगर प्रमुख राजन मेहताको नेतृत्वमा बिरोध कार्यक्रमको आयोजना गरिएको छ ।

इनरुवामा काँग्रेसले लोकतान्त्रिक चोकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । र्याली पश्चात आयोजित कोण सभालाई नगर प्रमुख राजन मेहताले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै मेहताले प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम प्रति खेद प्रकट गरे ।उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्धको आन्दोलन जारी रहेको बताए । मेहताले पार्टीको निर्देशन अनुरुप आन्दोलनका स्वरुप अघि बढाइने बताए । उनले काँग्रेसको आन्दोलनमा साथ दिन सबैमा आग्रह समेत गरे ।मेहताले मुलुकमा सृजित पछिल्लो घटनाक्रम सँगै जनमानसमा विभिन्न शंका र उपशंका उब्जेको तर्फ संकेत गर्दै भने,‘ विधि, विधान र प्रद्धति अनुसार अघि बढ्ने नेपाली काँग्रेस जनचाहना विपरित जाँदैन्’ । बिरोध कार्यक्रममा रन्जेश भट्टराई, रोशन खड्का लगायतले बोलेका थिए ।


यसैगरी इनरुवा सहित अन्य स्थानीय तहमा समेत काँग्रेसले बिरोधका कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला पार्टी कार्यालयका अनुसार नेपाली काँग्रेसले सुनसरीका सबै १२ वटै स्थानीय तहमा बिरोधका कार्यक्रम आयोजना गरेको छ । उक्त बिरोध कार्यक्रमलाई स्थानीय तहमा उपलब्ध नेताहरुले सम्बोधन गरेको पार्टीले कार्यालयले छ ।काँग्रेसले यस अघि देशभरका प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शनका कार्यक्रमको आयोजना गरेको थियो ।काँग्रेसले देशभर ऐक्यवद्धताको लागि एकसाथ बिरोध प्रर्दशनका कार्यक्रम संचालनमा ल्याएको थियो ।



तपाईको प्रतिक्रिया