- दिलिप कुमार साह

राजविराज । प्रधानमन्त्री ओलिको प्रतिगामी कदमले कम्युनिस्ट पार्टीलाई कम्जोर पारेको आरोप नेपाल कम्युनिस्ट पार्टीका नेता प्रकाश खतिवडाले लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा सप्तरीको महुलीमा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले ओलिको बेल्चा चम्चा छिटै काम नलाग्ने भएर कवाडीमा पुग्ने उद्घोष गरेका छ्न ।

खतिवडाले नेपाल कम्युनिस्ट पार्टीलाई जनताले पाँच बर्ष ढुक्कसंग काम गर्ने अबसर दिए भन्दै राजनैतिक संस्कार नभएका अराजक ब्याक्तीहरुबाट टाढा हुँदै जनताको प्रतिनिधि सभा पुर्नस्थापना आन्दोलनमा गोलबद्व हुनुपर्ने बताए । प्रधानमन्त्री ओलिले यो अबसरलाई चुकाउदै संबिधानलाई आक्रमण गरि तीन बर्षमै प्रतिनिधि सभा विघटन गरेका छन् ।प्रधानमन्त्री ओलिले जनभावाना माथी ठूलो चोट मात्र पुर्याएन कम्युनिस्ट पार्टीलाई समेत कम्जोर बनाएर छाडे, खतिवडाले भने, राष्ट्रघाती ओलिलाई आन्दोलनबाटै हटाएर छाड्छौ । नेता खतिवडाले प्रधानमन्त्रीको ओलिलाई आन्दोलनबाटै पदमुक्त गर्ने जिकिर गर्दै नेता खतिवडाले त्यसपछि उनको चम्चाबेल्चा आफै तह लाग्ने र कवाडीमा पुग्ने छ ।नेपाल कम्युनिस्ट पार्टी निर्वाचन क्षेत्र नम्बर १ का संघर्ष समितीका सह संयोजक बेचन प्रसाद चौधरीले प्रदेश सभा सदस्य सत्य नारायण मण्डललाई जिताएर गल्ती भएको कुरा उल्लेख गर्दै पछुताउनु परेको बताए ।चौधरीले ओलिको तानाशाही निरङ्कुशतालाई ठेगान नलगाएसम्म आन्दोलन जारी राख्ने समेत बताए । संघर्ष समितिका सदस्य सरोज भण्डारीले आन्दोलनकै बलमा प्रतिगामी ओलि सरकारलाई घोडा टेकाउने चेतावनी दिए । घोघिदाहाको खेल मैदानबाट निकालिएको बिरोध जुलुस महुली बजार पुगेर कोण सभामा परिणत भएको थियो ।


तपाईको प्रतिक्रिया