इनरुवा। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिशु स्वासप्रस्वास सहयोगी विषयक २ दिने तालीम सुरु भएको छ।मंगलबारबाट सुरु भएको उक्त तालीममा भखर जन्मेको शिशुलाई कसरी स्वासप्रस्वासकालागि सहयोग गर्ने विषयमा सिकाईनेछ। नवजात शिशुमा स्वासप्रस्वासको समस्या भै धेरैको मृत्यु हुने भएकोले, एक मिनेट भित्र शिशुलाई स्वास फेर्न गरिने सहयोगी तालीमले धेरै शिशुहरूको ज्यान जोगाउन सकिने तालिम संचालनको मुख्य उद्देश्य रहेको छ।


उक्त तालीममा नरसिंह एसोसिएशन नेपाल, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइ धरानले सफा सुनौलो नेपाल संगको सहकार्य गरेको शाखा अध्यक्ष उपेंद्र यादवले जानकारी दिए।
अध्यक्ष यादवका अनुसार तालीमकाे सहजीकरण सफा सुनौलो बाट रंजन ढुंगाना लगायत अस्पतालका डक्टर ज्योति अग्रवाल, निर्मला पोखरेल, हरि कुमारी राईका साथै इंदु कुमारी सिंहको उपस्थिति रहेको थियो ।

साे कार्यक्रमको उद्धघाटन रजिस्ट्रार प्राध्यापक डाक्टर मोहन चन्द्र रेग्मी र अस्पताल निर्देशक प्राध्यापक डा. गौरीशंकर शाहले गरेका थिए भने एकेडेमिक डीन प्रधायपक डा.शिवेंद्र झा, मानसिक नर्सिंग विभाग्य प्रमुख प्राध्यापक समी लामा, बाल नर्सिंग विभाग प्रमुख प्राध्यापक रामानन्द चैधरी, मेट्रोंन गायत्री राई, नर्सिंग सुपरवाइजर बिष्णुमाया तमांग, वार्ड इंचार्ज लगायतको उपस्तिथि रहेको थियो।


तपाईको प्रतिक्रिया