- दिलिप कुमार साह

राजबिराज। युवा स्वरोजगार तथा बैदेशिक रोजगारमुलक निशुल्क ३२ दिने सीपमुलक विकास तालिम राजविराज नगरपालिका वडा नं. ११ मा बेटर तथा बेट्रेस सम्बन्धी तालिम सोमबार देखि शुरु भएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश नं. २ जनकपुरधाम धनुषाको वित्तीय सहयोगमा उक्त तालिम शुरु भएको हो ।

जिल्लाको राजविराज नगरपालिका वडा नं. १५ को ४ जना वडा नं. १३ को ४ जना र वडा नं. १३ को १७ जना गरी जम्मा २५ जना सहभागी रहेको तालिममा प्रमुख अतिथिको आसन्नबाट वडा नं. ११ का वडा अध्यक्ष संजय कुमार यादवले देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको जानकारी वडा अध्यक्ष यादवले गराए ।

उनले भने -कोषमार्फत् अशिक्षित र बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान प्रदान गरिनेछ। निशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाहरूको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्नेछ। वडा अध्यक्ष यादवले आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको बताए । इनरुवा पोलिटेक्निकल इन्स्टिच्युट इनरुवा-१ सुनसरीका तालिम संयोजक संजय कुमार यादवले यो तालिम ३२ दिनसम्म चल्ने बताए । उनले भने “पुँजीको अभावमा हुने प्रतिभा विदेश पलायन हुनबाट रोक्ने र बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने तथा शिक्षित तथा अर्धशिक्षित युवाहरूलाई आफ्नै देशमा रोजगार दिने हुनाले यो तालिम संचालन गरिएको हो।” परम्परागत सीप भएका जातीय समुदायहरू, द्वन्द्वपीडित व्यक्ति, उत्पीडित जाति, जनजाति, पिछडिएको क्षेत्र तथा महिलालाई प्राथमिकता दिदै उनीहरुको आयआर्जनमा बृद्धि गर्नको लागि प्रदेश नं. २ को सरकारले यो योजना ल्याएको बताए । उक्त तालिममा वडा नं. ११ का वडा सदस्य सरिता कुमारी यादव प्रशिक्षक दिनेश यादव वडा नं. ११ का कम्प्युटर अपरेटर विष्णु कुमार यादव र पत्रकार दिलिप कुमार साह लगायतको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया