- दिपेन्द्र यादव

इनरुवा। पछिल्लो समय सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय प्रविधि मैत्री बन्दै गएको छ । गाउँवासीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयलाई प्रविधी मैंत्री बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए । गाउँवासी सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले गाउँपालिकाको कार्यालय सहित गाउँपालिका भित्र रहेका ८ वटै वडा कार्यालयहरुलाई प्रविधि मैत्री बनाउने तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार सेवाग्राहीहरुको काममा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचार न्यूनिकरणकालागि भोक्राहा नरसिंह गाउँपालिका र ८ वटै वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरुलाई अनलाइनबाट प्रविधि मैत्री सेवा दिनका लागि काम सुरु गरिएको जानकारी दिए । गाउँपालिकाको दैनिक कार्यमा सहजता, विकास निर्माणलाई प्रभावकारी बनाउन, सेवाग्राहीको काम कार्वाही चुस्तदुरुस्त बनाउन, भएका कामकार्वाहीको नियमनका लागि प्रविधीमैत्री वातावरण शुरु गरिएको उनको भनाई छ । अनलाइन प्रविधिबाट पारदर्शी, अभिलेख प्रणाली, सेवा प्रवाहका काम सरलसहज र ब्यवस्थित रुपमा गर्न सकिने भएकोले ‘विकास निर्माणलाई प्राथमिकता दिएका छौं । भ्रष्टाचार एवं विभिन्न खाले अनियमितता रोक्नका लागि महत्वपूर्ण हतियारका रुपमा प्रविधिको प्रयोगलाई लिएकाछौँ । जसका कारण अनियमितता हुनेछैन।’ उनले भने ।

यस्तै गाउँपालिकाको कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्ने शिलशिलामा पोर्टल प्रयोगमा ल्याएको गाउँपालिका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए। ‘अहिले सबैको हातमा मोवाईल छ, घरघरमा इनटरनेट सुविधा छ । यादवले भने,‘गाउँपालिकाले गर्ने हरेक काम र गाउँवासीहरुको हरेक अवस्था क्षणभरमै थाहा पाउन पोर्टल प्रभावकारी हुन्छ।’ गाउँबासीका आवश्यकता, समस्या, रोजगारी र बेरोजगारी समस्या, उत्पादन लगायतका सबै विषय समेटिएको पोर्टलमा अब गाउँबासीले उत्पादन गरेका कृषि, हस्तकला तथा स-साना उद्योगका उत्पादनको बजारिकरण र आवश्यकताका सामाग्रि खोज्ने काम पनि यहि पोर्टलबाटै गर्न मिल्ने अध्यक्ष यादवले जानकारी दिए। गाउँपालिका भित्र कति घरधुरी छन् । रोजगारीको स्थीति कस्तो छ । कति बेराजगार छन् । प्रतिव्याक्ति आय कति छ । कतिजना किसान छन् । कतिले सरकारी र गैरसरकारी संस्थामा नोकरी गर्छन् । कुन परिवारका केटाकेटी सार्वजनिक र कुन परिवारका कति केटाकेटी नीजि विद्यालयमा अध्ययन गर्छन् । कस्का घरमा कति पशु चौपाय छन् । यस्ता विषय पोर्टल भित्र समाबेश छन् । सबै नागरिकले मोवाईलबाटै आफ्ना विवरण आँफै भर्ने सकिने पनि जनाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले संचालन गरेको पोर्टलका कारण कागजपत्रमा राख्नुपर्ने दस्तावेज बिस्थापित हुने स्थितीमा पुगेको गाउँपालिका अध्यक्ष यादवले बताए । गाउँपालिकाले गर्ने सबै कामको बिबरण पोर्टलमा राखिने भएपछि कागजातको झण्झट रहेन,’ यादवले भने,‘ जन्म, मृत्यु, वसाईसराई लगायतका विवरण सबैले देख्ने गरि पोर्टलमै राखिन्छ ।

यता भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मेहताले चालु आर्थिक वर्ष २०७७÷०७८ श्रावण महिना देखी माघ ११ गते सम्ममा उदाहरणीय काम गरेको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको भनाई छ । गा.पा. का अध्यक्ष यादवका अनुसार ३ वर्ष सम्म यस गाउँपालिकामा आएका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले गर्न नसेकेको काम वर्तमान प्रमुख प्रशासकीय अधिकृत मेहताले पदभार ग्रहण गरेको ६ महिना भित्र गरेकोमा गाउँपालिकाबासी खुशी रहेको बताए । उनले भने प्रमुख प्रशासकीय अधिकृत मेहताले कम समयमा गाउँपालिका भवन निर्माण गर्न ५ कठ्ठा अनुदान सहीतको १० कठ्ठा जग्गा किन्न् सफल भएको बताए । त्यसैगरी वडा कार्यालयको भवन निर्माण गर्न वार्ड नं. ३ र वार्ड नं.६ मा अनुदान सहितको जग्गा उपलब्ध गराउन सफल भएको र बाँकी वडाहरुमा अनुदान सहितको जग्गा छनौट गर्न शुरु गरेको बताए ।

यस्तै यस गाउँपालिकाको ८ वटै वडा कार्यालयबाट राजस्व संकलन, जिन्सीको कामकाज, योजनाको काम समेत सफ्टवेयरको प्रयोगबाट गर्न थालेको छ । जसका कारण कम समयमा वडाबाट कति राजश्व संकलन भएको र जिन्सीको काम कहाँ बाट भएको, कतिमा खरिद भएको तत्काल जानकारी हुने गर्दछ । भने व्यक्तिगत घटना दार्ता र विभिन्न सिफारीस एक हप्ता भित्र अनलाइन प्रविधिबाटै शुरु हुने योजना शाखाका योजना सहायक रामचन्द्र यादवले बताए । योजना शाखाका योजना सहायक यादवले गाउँपालिका र वडा कार्यालयहरुबाट योजना सँग सम्बन्धित कामकाज लिएर आउने सेवाग्राहीलाई समयमै सहज सेवा दिने एक उदाहरणीय कर्मचारी हुन् ।



तपाईको प्रतिक्रिया