- धिरेन्द्र नारायण मण्डल

नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको आयोजनामा माघ २० गते मंगलबार नेपाली काँग्रेसको पार्टि कार्यालय इनरुवामा हुनगै रहेको हो।

आयोजकले दिएको जानकारी अनुसार प्रथम जिल्ला अधिवेशनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अथितिको रुपमा उपस्थीत हुनेभएका छन। विषेश अथितिमा नेपाल ठाकुर समाजका केन्द्रिय अध्यक्ष अनिरुद्ध प्रसाद ठाकुरलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ। नेपाल ठाकुर समाज कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशनको तयारी लगभग सम्पन्न भएको संयोजक राजकुमार ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार यो अधिवेशन जिल्लाको हकमा प्रथम अधिवेशन हुन गैरहेको हो साथै प्रथम अधिवेशनमा जिल्लाबासीलाई सहभागिताकोलागि अनुरोध समेत गरेका छन।


तपाईको प्रतिक्रिया