इनरुवामा समपन्न नक–आउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टीको कल्चर ग्रीन क्लबले जितेको छ ।फाइनलमा रुसडिक फुटबल क्लब इटहरीलाई पराजित गर्दैै चक्रघट्टीको ग्रीन क्लबले उपाधि चुमेको हो ।

खेलको छिनोफानो भने पेनाल्टी सुट आउटबाट लिइएको थियो । निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेका थिए । पेनाल्टीमा कल्चर ग्रीनले ४–३ को नतिजा हात पारेको थियो । खेलको पहिलो हाफमा कल्चर ग्रीनले १–० को अग्रता बनाएको थियो । रविन राईले पहिलो हाफको थपिएको दुई मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफ भने निकै नै प्रतिष्पर्धात्मक बनेको थियो । दोस्रो हाफमा दुवै टिमबाट कुल ५ गोल भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा रुसडिक फुटबल क्लब इटहरीका उत्सव राईले बराबरी गोल फर्काएका थिए । त्यसको ३ मिनेटमै चक्रघट्टीले गोल गरेको थियो । उसका लागि युबराज श्रेष्ठले गोल गर्दै टिमलाई पूनः अग्रता दिलाएका थिए । उक्त अग्रता धेरैबेर टिक्न भने सकेन् । २३ औं मिनेटमा आशिश राईले इटहरीको लागि गोल थपेका थिए ।  पूनः बराबरीमा आएको खेलमा लगत्तै चक्रघट्टीका युबराज भुजेलले गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाए । तर त्यसको लगत्तै इटहरीका विवेक राईले गोल फर्काए र खेल ३–३ गोलको बराबरीमा रोकियो । त्यसपछि खेलको अन्तिम छिनाफानो पेनाल्टीबाट लिनु परेको थियो ।

पेनाल्टीमा बाजी मार्दै बिजेता बनेको टिमले नगद ३० हजार सहित शिल्ड र प्रमाण पत्र हात पार्दा उप बिजेताले भने नगद २० हजारमा चित्त बुझाएको छ । बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई इनरुवाका नगर प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए ।  माघ ९ गतेबाट सुरु प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक सुजित राना मगरका अनुसार आर्थिक अभावका बिच प्रतियोगिता सफलता पूर्वक समपन्न भएको छ । उक्त प्रतियोगिता इनरुवा फुटबल क्लबले आयोजना गरेको थियो ।


तपाईको प्रतिक्रिया