- अमर काफ्ले

सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।प्रहरीले को १ च ९८५२ नम्बरको स्कारपियोबाट २ सय ५० किलो गाँजा सहित दुई थान खुकुरी र १ लाख ५४ हजार नगद बरामद गरेको छ । गाँजा सहित भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरान १ का ज्याक्सन श्रेष्ठ पक्राउ परेका छन् । ।

नियन्त्रणमा लिइएका व्यक्ति सहित बरामद सामग्री प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गाँजा तस्करीको सुराकीमा प्रहरीले मध्यराती बाटै विभिन्न स्थानमा चेक पोइन्ट राखेको थियो । सो क्रममा स्कारपियो प्रहरीको ब्यारिकेट समेतलाई ठक्कर दिदै हुईकेको थियो ।भाग्ने क्रममा स्कारपियोले दुईवटा मोटरसाइकलमा समेतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सो क्रममा ब्यारिकेट उछिटिएर चतरा कोशी पुलमा ड्यूटीमा खटिएका प्रहरी जवान उदय राई घाइते समेत भएको सुनसरी प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख कमल थापाले रातीको १ बजेबाट गाँजा लोड गरिएको गाडीको पिछा गरेको प्रहरीले स्कारपियोलाई नियन्त्रणमा लिन एक राउण्ड फायर समेत गरेको बताए ।चतरा कोशी पुल देखिका विभिन्न स्थानका राखिएको प्रहरीको चेक पोइन्ट र ब्यारिकेट उछिन्दै भागेको स्कारपियोलाई सखुवागाछीमा रोक्न प्रहरीले गाडी तेर्साएपछि नहर तर्फबाट भाग्ने क्रममा बलाहा खण्डबाट स्कारपियो नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले स्कारपियोबाट प्लाष्टिकले बेरिएको अवस्थाका ९ ओटा बोराबाट २ सय ५० केजी तयारी गाँजा बरामद गरेको जनाएको छ । गाँजा सहित प्रहरीले २ थान खुकुरी र १ लाख ५४ हजार नगद समेत बरामद भएको जनाएको छ ।सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाको हकमा म्याद थप गरी अनुसन्धान थालिएको छ ।


तपाईको प्रतिक्रिया