adlat 2
अमर काफ्ले माघ १६ इनरुवा/

सुनसरीमा बाल इजलास भए पनि बाल संरक्षण गृह नहुदाँ बालबालिका समबन्धी घटनाको अनुसन्धान , अभियोजन र निणर्य प्रकृयामा प्रभाव परेको न्यायकर्मीहरुले बताएका छन ।

सुनसरी जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस रमेश पोखरेल अध्यक्ष रहनु भएको जिल्ला बाल न्याय समन्वय समिती सुनसरीले आयोजना गरेको नेपालको बाल न्याय प्रणाली र सरोकारवाला निकायको भुमिका बिषयक अन्र्तकृयाका सहभागी न्यायकर्मीहरुले बाल संरक्षण गृहको अभाव दर्शाएका हुन् ।

adlat 2
जिल्ला न्यायाधिस रमेश पोखरेलले सुनसरी जिल्ला अदालतमा छुट्टै बाल मैत्री कक्ष ,बाल इजलासका साथै बाल विशेषज्ञ र सामाजिक कार्यकर्ताको व्यवस्था भएपनि बाल गृह नहुदा बाल न्याय प्रणालीमा संवेदनशिल भएर काम गर्नु परिरहेको बताउनुभयो ।
न्यायाधिस पोखरलेले अनुसन्धानका क्रममा बालबालीकाले गरेको कसुरसँग सम्वन्धित रहेर छुट्टै कोठा वा स्थानमा राखेर अनुसन्धान गर्न मातहतलाई सुरुमै जानकारी गराउँदै आएको बताउनुभयो ।

adlat
न्यायाधिस पोखरेलले सुनसरीमा बाल गृह नहुँदा सुधार गृहमा राख्नुपर्ने आवश्यकता परे विराटनगर वा काठमाण्डौं पठाउने गरिएको बताउनु भयो ।

सुनसरी जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस किशोर घिमीरेले नेपालको बाल न्याय प्रणाली अबधारणा र नेपालको बाल न्याय प्रणाली समबन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी व्यवश्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

adlat 1

यसै गरि जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका जिल्लान्यायाधिवतmा केशव प्रसाद पन्तले कसुर अभियोग लागेका बालबालिकाको सवालमा बाल मैत्री अनुसन्धान तथा अभियोजनमा प्रहरी तथा सरकारी वकिलको भुमिका र अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेको शाखा अधिकृत धुब्र विनोद पोखेलले बताए ।

अनुभव आदान प्रदान अन्र्तक्रिया कार्यक्रममा सुनसरी जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिसहरु देवेन्द्र पौडेल , बद्री प्रसाद ओली ,भरत लम्साल , किशोर घिमीरे , सुनसरी जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष राजु ढकाल , शिक्षक बालबालिका , कर्मचारी तथा विभीन्न सरोकारवालाहरुको सहभागीता रहेको सुनसरी जिल्ला अदालतका चिरञ्जीवी पोखरेलले बताए ।

कार्यक्रममा सहभागी बतmाहरुले बाल न्याय समबन्धी प्रतिबद्धता जनाउनु का साथै कानुनी सहायता मनोविमर्श सेवा , सामाजिक अध्यन प्रतिवेदनका लागी सरोकारवालाहरु बिच समन्वय र सहकार्य साथै सम्भावना र चुनौतीका बिषयमा छलफल भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रतिनीधी विश्वराज ओझा रहेका थिए भने कार्यक्रम संचालन अदालतका श्रेस्तेदार शाखा अधिकृत ऋत बहादुर पुलामीले गरेको अदातलका अधिकृत टेकेन्द्र जंग राणाले बताए ।

तपाईको प्रतिक्रिया