- दिलिप कुमार साह

राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।राजविराजमा रहेको शिब मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः शिब मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।नेपाल ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा आयोजित कोणसभाका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्नको लागि प्रतिनिधीसभा बिघटन गरेको आरोप लगाए ।

सभापति यादवले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई बचाउन कांग्रेस अग्रस्थानमा रहने भन्दै सर्वाेच्च अदालतद्वारा हुने निर्णयलाई पार्टीले सहर्ष स्वीकार गर्ने बताए ।कार्यक्रममा कांग्रेसका जिल्ला उप सभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, सभासद सकलदेव सुतिहार, सचिव रामकुमार यादव, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।शिक्षक संघका जिल्ला सचिव विश्वनाथ यादवद्वारा संचालित कोणसभामा प्रेस यूनियनका जिल्ला उपाध्यक्ष बिनय कर्णले स्वागत एवं शिक्षक संघका जिल्ला अध्यक्ष शैलेन्द्र मण्डलले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।बिरोध प्रदर्शनमा पार्टीका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघm नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस यूनियन, त्रिुभुुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ, प्रजातान्त्रिक वन कर्मचारी संघ नेपाल, नेपाल उमात संघ, लोकतान्त्रिक नेवाः खस, डमोक्रेटिक एग्रीकल्यारिस्ट एशोसिएशन नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया