- अमर काफ्ले

सुनसरीको कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । कोशी गाउँपालिकाको कार्यालय र इनरुवाको सृष्टी समाजले कोशी कटानमा प्रतियोगिता संचालनको तयारी थालेको छ ।

प्रतियोगिता फागुन २ र ३ गते संचालन हुनेछ । आयोजकले तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालनमा ल्याउन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक बशन्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने छ । आयोजकले प्रतियोगितामा अघिल्ला संस्करण सरह राष्ट्रिय खेलाडीको बाहुल्यता रहने जनाएको छ ।


तपाईको प्रतिक्रिया