राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक भएको छ ।दाहालको आइडी ह्याक गरी ह्याकरले मोबाइल बैंकिङको माध्यमबाट ठगी समेत गरेको पाइएको छ ।ह्याकरले दाहालको फेसबुक म्यासेन्जरबाट म्यासेज गरी पत्रकार सँग रकम माग गरेको पाइएपछि सो विषय बाहिरिन पुगेको छ ।नगेन्द्र दाहालको आइडीबाट पत्रकार अमर काफ्लेको म्यासेन्जरमा प्राप्त म्यासेजमा एघार हजार एक सय रुपैंया साँझ सम्म फिर्ता गर्ने भनि पठाउन भनिएको थियो ।

उक्त म्यासेट चाटमा संगत आङबुहाङको नाममा नबिल बैंकको ०१६१००१७५१३६०६ खाता नम्बरमा रकम पठाउन भनिएको छ । रकम पठाएको फोटो समेत पठाउन भनिएको थियो ।उक्त म्यासेजको विषयमा एपसी दाहालसँग फोन गरी बुझ्दा उनले आफुले कोही कसैलाई सो व्यहोराको म्यासेज नपठाएको भन्दै आफ्नो फेसबुक ह्याक भएको हुन सक्ने आशंका जताएका थिए । त्यस लगत्तै स्वयं एसपी दाहालले सामाजिक सञ्जालमा आफ्नो फेसबुक ह्याक भएको व्यहोरा उल्लेखित स्टाटस लेख्दै फोन सम्पर्क गर्नुहोला भनि पोष्ट गरेका छन् ।

अनुसन्धान उप निर्देशक (एसपी) दाहालले ह्याकरको खोजी थालिएको बताए । उनले यस अघि पनि सो किसिमका घटना बाहिरिएकाले गिरोहनै सकृय रहेको हुन सक्ने बताए ।एसपी दाहालको आइडीबाट मोबाइल बैंकिङ मार्फत रकम माग गरेको भरमा केहि व्यक्ति ठगीमा समेत परिसकेको पाइएको छ । दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन भनेका छन् । उनले शंका लागेमा आफुलाई सम्पर्क गरी जानकारी गराउन आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया