- अमर काफ्ले

इनरुवा अस्पताल सुधार संघर्ष समितिले चोकतान्त्रिक चोकमा धर्ना सहित प्रदर्शन गरेको छ । अस्पताल भित्रको वेथिति अन्त्यको माग सहित आन्दोलनरत समितिले बजार क्षेत्रमा र्याली सहित प्रदर्शन गरेको हो ।

दरवन्दी अनुरुपको चिकित्सकको उपस्थिति, गुणस्तरीय सेवा, आर्थिक हिसाबको पारदर्शीता लगायत अस्पताल भित्रका वेथिति जस्ता मुद्दा अघि सादै आन्दोलित समितिले पूर्व निर्धारित तालिका अनुरुप इनरुवामा धर्ना सहित प्रदर्शन गरेको हो ।संघर्ष समितिका संयोजक दीलीपचन्द साहको अगुवाईमा निस्केको दबाबमूलक र्यालीका सहभागिहरु लोकतान्त्रिक चोकमा धर्नामा बसेका थिए । उनीहरुले इनरुवा अस्पताललाई सुधार गर्न सबैको साथ र सहयोगको खाँचो औल्याए ।

धर्ना पश्चात कोण सभामा बोल्ने वक्ताहरुले अस्पताल सुधारको लागि गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम जारी राख्ने बताए । उनीहरुले जनस्तरबाट दबाब सृजना गर्न आवश्यक रहेको धारणा राखे । अस्पताल सुधारको लागि भन्दै संघर्ष समितिले हरेक वडामा दबाब समूह गठनलाई तिव्रता दिदै आएको छ ।


तपाईको प्रतिक्रिया