12662451_10205620358525076_2680804090903154184_n
अमर काफ्ले,इनरुवा माघ १६/ नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशन नजिकिएसँगै नयाँ कार्यकालका लागि भएको इनरुवा नगर अधिवेशनबाट राजन मेहता पून दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न नगरअधिवेशनबाट मेहता ८४६ मतका साथ नगर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासी सुरेन्द्र प्रसाद यादव(श्रवण)लाई ६९३ मतले पछि पार्दै मेहता इनरुवा नगर सभापतिमा चुनिएका हुन् । ४२ मत बदर हुँदा मेहताको प्रतिद्धन्द्धी श्रवणले १११ मत ल्याएका थिए ।
इनरुवा नगर अधिवेशनबाट सचिवमा रोशन खड्का र कोषाध्यक्षमा मञ्जु कोइराला(प्याकुरेल) निर्विरोध चयन भएका छन् । नगर सदस्यहरु समेत सवै निर्विरोध भएका छन् । निर्विरोध हुने नगर सदस्यहरुमा शेखरनाथ पोखरेल, डिल्लीबहादुर कार्की,धिरज भट्राई, सपना कार्की, रमेश कट्वाल, बद्री स्वर्णकार, कुमारी निभा देव र महेश्वर पोख्रेल रहेका छन् ।

12573864_10205620359205093_7818551857688176128_n
आदिवासी जनजाती तर्फ रुपा प्रधान, बन्दना श्रेष्ठ, र सुमन थापा समेत क्षेत्रीय प्रतिनीधिका लागि निर्विरोध चयनमा परेका छन् । त्यसैगरी क्षेत्रिय प्रतिनीधिकै लागि भएको निर्वाचनमा दलिततर्फ बाट बालसुधार परियारले ६४८ मतका साथ विजयी भएका छन् । मदनलाल खत्वे ५९३ र रुविना विश्वकर्मा ५११ मतका साथ निर्वाचित भएका छन् ।
मधेशी, मुस्लिम अल्पसंख्यक वा पिछडावर्ग तर्फ योगेन्द्रप्रसाद शर्मा ६९२ मत, जगदिश मेहता ५९१ र सुरेन्द्र साहले ५५८ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत वेणु सिल्देलले बताए ।

त्यसैगरी इनरुवाका १० वटै वडाहरुबाट वाड इकाई सभापतिमा समेत केहि नयाँ र केहि पुराना अनुहार आएका छन् । इनरुवाका चार वटा वडामा नयाँ समितिका लागि निर्वाचन भएको थियो । एक नम्वर वडामा देवनारायण साह अध्यक्षमा निर्वाचित भएका छन् । दुई नम्वर वडाबाट रामचन्द्र पोदार निर्विरोध भएका छन् । तीन नम्वर वडामा सुनोज निरौलाले ऋषिराम सुवेदीलाई पराजित गरेका छन् । त्यसैगरी ४ नम्वर वडामा ब्रम्हदेव चौधरी , ५ मा रमानन्द सिंह भोर , ६ मा बुद्धेश्वर यादव, ७ मा भुपेन्द्र यादव, ८ नम्वरमा लक्ष्मी मेहता, ९ नम्वर वडामा कलाधर पोखरेल र वडा नम्वर १०मा तुलषी दुलाल चुनिएका छन् ।
त्यसैगरी क्षेत्रीय प्रतिनीधिमा सुनसरी क्षेत्र नम्वर ३बाट वर्तमान सुनसरी काँग्रेस सभापति राजिब कोइराला निर्विरोध भएका छन् । क्षेत्र नम्वर ४ बाट सुनसरी पाटी उपसभापति रामप्रसाद मेहता, सचिव प्रमोद पोखरेल, केदार भण्डारी सहित ७० जना क्षेत्रीय प्रतिनीधिमा चुनिएका छन् ।

तपाईको प्रतिक्रिया