प्रेस युनियन इनरुवाको संयोजकमा पत्रकार टोमराज मेहता चुनिएका छन् । युनियनको विस्तारित समितिको इनरुवा संयोजकमा मेहता चुनिएका हुन् ।नेपाली काग्रेसको पार्टी कार्यालयमा सम्पन्न युनियन पदाधिकारी सहितको भेलाले मेहताको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको हो ।

गठित समितिको सह संयोजक पीएमणी भट्टराई रहेका छन् । समितिको सचिवमा दिपेन्द यादव, सहसचिव पवन रौनियार र कोषाध्यक्षमा नसिम अन्सारी रहेका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा लुकमान अन्सारी(बी), चन्दन मेहता, गणेश यादव, मुनाफ हसन, असलम साफी र सज्जाद आलम रहेका छन् । समितिको सल्लाहकारमा इकवाल अहमद,फुलचन्द मेहता, अजित कुमार झा र सरोज बराल रहेका छन् ।उक्त कार्यक्रममा युनियन जिल्ला अध्यक्ष पवन अधिकारी सहित पूर्व केन्द्रीय सदस्य इकवाल अहमद लगायत युनियनका पूर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश नम्बर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाका साथै काँग्रेस नेताहरु लगायतको उपस्थिति थियो । प्रेस युनियन इनरुवाको संयोजकमा चयन भएका मेहताले नगरको पत्रकारिता र पत्रकारको हकहीतको सवालमा काम गर्ने बताए । उनले आफ्नो कार्यकाल सबै पत्रकारको हीतमूखी कार्यक्रममा केन्द्रीत रहने बताए ।


तपाईको प्रतिक्रिया