- अमर काफ्ले

सुनसरीमा आजबाट तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हाता अगाडी सुरु प्रतियोगितामा दुई विभागीय सहित ५ वटा प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताका उद्घाटन पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गर्नु भएको छ ।

कोशी गाउँपालिका र सृष्टी समाज सुनसरीले आयोजना गरेको तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र नेपाल आर्मीले सहभागिता जनाएको छ । त्यसै गरी प्रदेश तर्फ ४ र ६ नम्बर बाहेकका प्रदेशले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विभिन्न चार वटा तौल समूहमा गरी ३५ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगिता अन्र्तगत आज पहिलो चरणका खेलहरु भएका छन् । जस मध्ये अधिकांश समूहमा राष्ट्रिय खेलाडी हावी भएका छन् । प्रतियोगिताको अघिल्ला राउण्ड सहित फाइनल प्रतिष्पर्धा भोलि हुने छ ।  आयोजकले कोशी महोत्सवको अवसर पारी राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गरेको हो । स्थानीय प्रर्यटनको प्रवद्र्धन गर्ने उद्येश्यले महोत्सवको आयोजना गरेको आयोजकले दर्शक भित्र्याउन नेपाल र भारतमा नाम चलेका कुस्तीबाजलाई बोलाएर दंगल खेल समेत संचालनमा ल्याइने जनाएको छ । कोशी महोत्सव एक साता चल्ने बताइएको छ ।


तपाईको प्रतिक्रिया