- अमर काफ्ले

सुर्यकिरण एकेडेमी इनरुवाले अभिभावकको लागि शैक्षिक परामर्श कक्षा संचालन गरेको छ । बालबालिका प्रतिको अभिभावकीय व्यवहारमा सुधार ल्याउने उद्देश्यका साथ शैक्षिक परामर्श कक्षा संचालनमा ल्याएको एकेडेमीले जनाएको छ । स्कुल हातामा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकलाई बाल मनोविज्ञान सम्वन्धि तालिम प्रदान गरिएको थियो । एकेडेमीले आयोजना गरेको शैक्षिक परामर्श तालिममा उपस्थित अभिभावकहरुलाई बाल मनोविद् पल्लभ सम्मनले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा बालबालिकाको मनोविज्ञान बुझेर सोही अनुरुपको व्यवहार लागु गर्न अपनाइनु पर्ने विधि र प्रकृयाको बारेमा अभिभावकलाई प्रशिक्षण दिइएको सुर्यकिरण एकेडेमीका प्रिन्सिपल मनोज यादवले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला लगायतकाले कार्यक्रमको औचित्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । प्याब्सन सुनसरीले बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा अभिभावक तालिम कार्यक्रमलाई जिल्लाभर अभियानका रुपमा संचालनमा ल्याएको छ । जस अन्र्तगत पहिलो चरणमा इनरुवाका विद्यालयमा शैक्षिक परामर्श कार्यक्रम संचालनमा छ ।


तपाईको प्रतिक्रिया