इनरुवाको जनक स्मृति सेकेण्डरी स्कुलमा बाल मनोविज्ञान शिक्षा दिइएको छ । विद्यालयले अभिभावकलाई लक्षित गरी बाल मनोविज्ञान सम्वन्धि शैक्षिक परामर्श तालिम प्रदान गरेको हो ।

उक्त कार्यक्रममा सहभागि अभिभावकहरुलाई बाल मनोविद् पल्लभ सम्मनले प्रशिक्षण दिएका थिए ।जनक स्मृतिले प्याब्सनको अभियान अन्तर्गतको कार्यक्रम आयोजना गरी अभिभावकका लागि बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तालिम दिलाएको हो । परामर्श तालिम पूर्व विद्यालयले उद्घाटन सत्रको आयोजना गरेको थियो । सो क्रममा शिक्षा क्षेत्रका सरोकारवालाले अभिभावकको सोचमा परिवर्तनको खाँचो औल्याउँदै कार्यक्रमको महत्व बारेमा धारणा राखेका थिए।

उनीहरुले बालबालिकाको उज्ज्वल भविष्यको निर्माणसँगै दिगो विकासका लागि अभिभावकमा समय सापेक्ष व्यवहार परिवर्तनको खाँचो औल्याए । कार्यक्रमका सहभागी वक्ताहरुले बाल मनोभाव बुझेर सोही अनुरुप व्यवहार लागु गर्नु आजको आवश्यक्ता रहेकोमा जोड दिए ।कार्यक्रम मार्फत प्रविधिको विकास सँगै बदलिदो परिवेश अनुरुप बालबालिकाको भावना बुझेर सोही अनुरुपको बालमैत्री व्यवहार अवलम्बन गर्न अभिभावक समक्ष आग्रह गरिएको थियो ।

सो कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाका साथै प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला सहित इनरुवा क्षेत्रमा रहेका निजी विद्यालयका प्रिन्सिपलहरु निरज नेपाल, शिशिर दत्त, दिपक कार्की, सरोज बराल, मनोज यादव लगायतले बालमनोभाव अनुरुपको बालमैत्री व्यवहारको आवश्यक्ता र त्यसको औचित्य बारे बोलेका थिए ।


तपाईको प्रतिक्रिया