इनरुवा ६ को झखनझोरा मधेशामा रहेको त्रिपुरेश्वर शिव मन्दिर सेवा समितिको छैठौं साधारण सभा सम्पन्न भएको छ ।समितिका अध्यक्ष हेमनारायण चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा वडा अध्यक्ष कोषराज अधिकारी सहितको उपस्थिति रहेको थियो ।

साधारण सभामा चुणामणि निरौला र योगराज निरौलालाई सम्मान गरिएको थियो । मन्दिरमा सेवाभावका साथ योगदान पु¥याएकाले उनीहरुलाई सम्मान गरिएको समितिका सचिव बाबुराम घिमिरेले जानकारी दिए । कार्यक्रममा मन्दिरको आय व्यय सहित विगत र वर्तमानको अवस्था बारे जानकारी दिइएको थियो ।

यसैबिच साधारण सभाले कार्य समितिलाई निरन्तरता दिएको छ । हेमनारायण चौधरी अध्यक्ष रहेको यस अघिकै समितिलाई साधारण सभाले निरन्तरता दिने निर्णय गरेको छ । यसैगरी साधारण सभाले पदाधिकारीको कार्यअवधी ४ वर्षको रहने निर्णय पारित समेत गरेको छ ।१३ सदस्यीय कार्य समिति रहेको उक्त समितिको उपाध्यक्षमा वंशीलाल चौधरी, सविचमा बाबुराम घिमिरे र कोषाध्यक्षमा चिरिञ्जिवी दाहाल रहेका छन् । सदस्यहरुमा केवला दाहाल, राजेन्द्र चौधरी, शंकरकुमार सुवेदी,रुपन मोची, अंदुलाल चौधरी, राम नारायण चौधरी, गिता भट्टराई, सुशिला बस्नेत र कृष्ण ठाकुर रहेका छन् ।

शिव मन्दिरको स्थापना स्थानीयको पहलमा मुठिदान संकलन गरी गरिएको थियो । स्थानीयले जग्गादान दिएपछि भने समितिले आर्थिक सहयोग जुटाएर विवाह र व्रतबन्ध जस्ता धार्मिक कार्य गर्न मिल्ने मण्डप र हल सहितको दुईतले भवनको संचना निर्माण गरेको छ ।


तपाईको प्रतिक्रिया