- अमर काफ्ले

इनरुवामा उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ बोलको गितको छायांकन थालिएको छ । छायांकनको लागि इनरुवा आइपुगेका गायक रामकृष्ण ढकाल सहितको टोलीले म्युजिक भिडियो निर्माण थालेको हो ।


टोलीले बलाहाबाट भिडियो सुटिङको काम थालेको छ । ‘सुनसरी इनरुवा,घुमेर हेरौंला ’ बोलको गितका रचनाकार रेग्मीका अनुसार इनरुवाका विभिन्न क्षेत्र र स्थानका दृष्य म्युजिक भिडियोमा समावेश हुने छन् ।

रेग्मीले कर्मको क्रममा आफु बिदेशिनु परेपनि जन्मभूमि प्रतिकोे माया मनमा रहेकाले गित मार्फत दर्शाउन म्युजिक भिडियो निर्माणमा जुटेको बताए । छायांकनको लागि इनरुवा आएको टोलीमा संगीतकार आनन्द राई सहित गायक विश्व नेपाली, गायिका टिका प्रसाई, मोडल रिमा विश्वकर्मा र कमल सिंहका साथै भिडियो निर्देशक युवराज बाईबा रहेका छन् ।

सुटिङ युनिटले म्युजिक भिडियोको माध्यमबाट इनरुवाको चिनारी र पहिचान विश्वसामू पुर्याउने लक्ष लिएको छ । इनरुवामा म्युजिक भिडियोको छायांकन पूर्व गायक सहितको टोलीलाई नगरपालिकामा सम्मान गरिएको थियो । शान्तिदीप नेपाल इनरुवाको अगुवाईमा आयोजित कार्यक्रमका बिच गायक तथा कलाकार सहितको टोलीलाई नगर प्रमुख राजन मेहताले सम्मान गरेका छन् ।

शान्तिदीप नेपालका अध्यक्ष सुबास राईले सांगीतिक क्षेत्रको माध्यमबाट नगरको पहिचान दिलाउने कार्यमा जुटेका राष्ट्रिय गायक, संगीतकार र कलाकारहरुलाई सम्मान गरिएको बताए । राईले सो टोलीले शान्तिदीपले तयार पारेको लागुऔषध दुव्र्यसनी विरुद्धको म्युजिक भिडियो समेत निर्माण गर्ने बताए ।


 


तपाईको प्रतिक्रिया