- अमर काफ्ले

नेपाल भारत मैत्री संघको सुनसरी अध्यक्षमा सन्तोष देव चयन भएका छन् । जिल्ला मैत्री सभा पश्चात सम्पन्न निर्वाचन प्रकृयाबाट देव अध्यक्षमा चुनिएका हुन् ।

संघको चौथो अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेपनि देव निर्विरोध चयन भएका हुन् । अध्यक्षमा देव बाहेकका १० जना सदस्य भने चुनावी प्रकृयाबाट छनौट भएका छन् ।

अध्यक्षले अन्य पदमा मनोनयन गर्न पाउने प्रावधान अनुरुप समिति विस्तार समेत गरिएको छ । जस अनुसार नेपाल भारत मैत्री संघ सुनसरीको उपाध्यक्षमा कृष्ण दाहाल चयन भएका छन् । त्यसैगरी सचिवमा गिरीराज अटल, सह–सचिवमा रामकुमार मेहता र कोषाध्यक्षमा पंचदेव मेहता लगायत सदस्यहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया