- अमर काफ्ले

ठाकुर सेवा समाज सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको ठाकुर सेवा समाजले पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिमा अधिवेशनको आयोजना गरेको हो ।

कार्यक्रममा संघीय सांसद् सीताराम मेहताका साथै प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, नगर प्रमुख राजन मेहता लगायतका काँग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी भित्र एकताको खाँचो औल्याएका छन् । उनीहरुले मुलुकको निकाशको लागि काँग्रेस बाहेकको विकल्प नरहेको भन्दै पार्टीका सबै वर्ग र कमिटी एकतावद्ध हुन आवश्यक रहेको बताए । ठाकुर सेवा समाजका केन्द्रिय अध्यक्ष अनिरुद्र ठाकुर समेतको उपस्थिति रहेको जिल्ला अधिवेशन कार्यक्रम संयोजक राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले जिल्ला कार्य समिति चयन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया