- अमर काफ्ले

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा होली मनाइएको छ । महिला विभाग इनरुवाले आयोजना गरेको होली मिलन कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुका साथै पार्टी प्रवेश गराइएको छ ।

महिला विभाग इनरुवा प्रमुख बिनिता दाहालको अध्यक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख राजन मेहता सहित काँग्रेस नेताहरु सीताराम मेहता लगायतको उपस्थिति रहेको थियो । शुभकामना तथा कार्यकर्ता प्रवेश पश्चात सामूहिक होली खेलिएको थियो । पूर्व निर्धारित तालिका अनुरुप होली मिलन कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख मेहताले बताए ।

तपाईको प्रतिक्रिया