- अमर काफ्ले

पत्रकार महासंघको हालसालै समपन्न निर्वाचनमा जित हात पारेका इनरुवाका पत्रकारहरुलाई नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।नगर प्रमुख राजन मेहताका साथै प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले नव निर्वाचित पत्रकारहरुलाई सम्मान गर्नु भएको हो ।नगरपालिकाले केन्द्र, प्रदेश र जिल्ला तर्फ जित हात पार्ने इनरुवा सहित आसपासको क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा केन्द्रिय सदस्य तर्फ निर्वाचित इकवाल अहमदका साथै प्रदेश सदस्य प्रमोद यादव, जिल्ला कोषाध्यक्ष अजित झा रहेका छन् ।त्यसैगरी नव निर्वाचित पत्रकारहरु धिरेन्द्र चौधरी, पिएमणि भट्टराई, सुकदेव चौधरी, अनवर हुसेन, चन्दन गुप्ता, विरेन्द्र शाह, दिपेन्द्र यादव, निश्चल शर्मा र मिकाइल आलम समेतलाई सम्मान गरिएको छ ।निर्वाचित सबैलाई बधाई दिंदै नगर प्रमुख मेहताले पत्रकारिताको बिकासमा मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया