इनरुवा । करिब चार वर्षमा नभएका विकास निर्माणका कार्यहरु अहिले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धमाधम सूरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका बासिन्दाहरुले झण्डैँ चार वर्ष धुलो सहितको कच्चि बाटोमा हिड्न बाध्य भएपनि त्यो समस्या अब चाडैँ हट्ने प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको कथन छ । अहिले भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहता विकास प्रेमी अधिकृतको नामले प्रचलित भएका छन । अधिकृत मेहता इनरुवा नगरपालिका र बर्जु गाउँपालिकामा समेत विभिन्न कच्ची बाटोलाई स्त्तरोन्नती गरी कालो पत्रेमा परिणत गरेको एक उदाहरणीय अधिकृतको रुपमा परिचित छन् ।

भोक्राहा नरसिंह गाउँपालिका भित्र उनले यसै आर्थिक वर्ष भित्र विभिन्न वहुवर्षे योजनाहरु समेत अधि सारेका बताए । भोक्राहा नरसिंह गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनीक भवनको काम सुरु भइसकेको छ । भने वडा कार्यालयहरुको टेन्डर प्रक्रिया अगाडी बढेको प्रमुख प्रशासकीय अधिकृत मेहता बताउछन । अधिकृत मेहतका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ वाहेक ७ वटा वडा कार्यालयका प्रशासनीक भवनको काम बैशाख भित्रै सुरु हुने छ । भोक्राहा नरसिंह गाउँपालिकामा झण्डै चार वर्षमा नभएको एतिहासिक काम पहिलो पटक सबै भन्दा बढि सडक कालोपत्रे हुने भएको छ । भने भोक्राहा नरसिंह वार्ड नं. ६ र ७ को सीमा बाटो भोक्राहा नरसिंह गाउँपालिकाको वार्ड नं. ७ को वडा कार्यालय हुदैँ वार्ड नं. ६ को वडाध्यक्ष राजेश्वर साहको घर देखी हनुमान चौक सम्म ३ किलोमिटर सम्मको बाटोमा कालोपत्रेको काम समपन्न भएको योजना शाखाको योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै गाउँपालिका भित्र करिब २० किमि सडकको कालोपत्रे गर्न ठेकेदारहरुले धमाधम बेस हाल्ने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष यादवले भने हामी भोक्राहा नरसिंह गाउँपालिकाबासीलाई धुलो मुक्त सगैँ, सडक बत्तीको काम समेत गर्ने बताए । उनले भने गाउँपालिकाबासीहरुलाई यसै आर्थिक बर्ष ०७७-०७८ मा कालोपत्रे सँग सगैँ सडकबत्ती समेत जडान गरी गाउँलाई उज्यालो बनाउने योजना अघि सारिएको हो । गाउँपालिका भित्र २० किमि बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी पनि खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादवको प्रशंसा समेत गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको २२ करोड ५० लाख बजेटबाट यस बर्ष गाउँपालिका भित्र २० किलोमिटर सडक कालोपत्रे हुने पालिका अध्यक्ष यादवको कथन छ ।

तपाईको प्रतिक्रिया