- अमर काफ्ले

इनरुवा/राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई इनरुवामा सम्मान गरिएको छ । नव वर्षको अवसर पारेर इनरुवा नगरपालिका र सृष्टि समाजले राष्ट्र गानका सर्जक ब्याकुल माइलालाई सम्मान गरेको हो ।

स्रस्टा सम्मान कार्यक्रमका बिच माइला नगद २१ हजार सहित सम्मानित भएका हुन् । यसैगरी सोही कार्यक्रममा ब्याकुल माइला सँगै प्राज्ञ तथा चरा चित्रकार जिवनाथ पोखरेल (पन्छी) , वर्णमाला दैनिकका सह–सम्पादक राजेन्द्र पोखरेल सहित डा. रामकुमार मेहता समेतलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुलाई नेकपा एमालेका नेता भीम आचार्य सहित इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सम्मान गर्नु भएको थियो । कार्यक्रममा ब्याकुल माइलाले जनस्तरबाट आफुले सम्मान र पहिचान पाएपनि राष्ट्रबाट भने उपेक्षित सरह रहनु परेको दुखेसो पोखेका छन् ।

उनले राज्यले आफु लगायत साहित्य क्षेत्रका सर्जकहरुको उचित व्यवस्थापनमा ध्यान नदिदा दैनिकी गुजारामा समेत समस्या झेल्दै आउनु परेको बताए । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष शम्भुप्रसाद आचार्य, गायक कुमार पौडेल, इनरुवा नगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया