- अमर काफ्ले

इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्रका विद्यालय अर्को सूचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । नगर प्रमुख राजन मेहताले नगर भित्रका सबै विद्यालय तत्काललाई बन्द गरिएको बताए ।

मेहताले नगर भित्र रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना देखा परेको र समुदायमा समेत संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्दको निर्णय गरिएको जानकारी दिए ।यसैबिच विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले नगर भित्र भिडभाड हुने कुनैपनि गतिविधि गर्न नपाइने भनेको छ ।जारी सूचना अनुसार मेला, भेला, सभा, सम्मेलन जस्ता कार्य गर्न रोक लगाइएको छ ।सुनसरी प्रशासनले भने जिल्लाभर लागु हुने गरी भिडभाड हुने कार्यमा रोक लगाइएको विषयको सूचना यस अघिनै प्रकाशित गरी सकेको छ ।

तपाईको प्रतिक्रिया