- अमर काफ्ले

किशाेरी करणीको मुद्दामा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले म्याद थप गरेको छ । हिजो साँझ धरानबाट पक्राउ परेका यादवलाई प्रहरीले आज सुनसरी जिल्ला अदालतमा उपस्थित गराई ५ दिन म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार जबरजस्त करणी अभियोगमा पक्राउ परेका यादवको हकमा अदालतबाट ५ दिन म्याद थप गरिएको छ ।प्रहरीले अभिभावकको जाहेरी अनुरुप करणीको मुद्दा दर्ता गरेको र सोही अनुरुप कानुनी कार्वाहीको थप प्रकृया अघि बढाइएको जनाएको छ ।प्रहरीका अनुसार अध्यक्ष यादव धरानको डुकु होटल एण्ड लजबाट करणीमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए ।यादव विरुद्ध १७ वर्षिया किशाेरी बलात्कारको अभियोग लगाइएको छ । प्रहरीका अनुसार स्वयं पीडित किशााेरीले अध्यक्ष यादवले आफुमाथि जबरजस्ती करणी गरेको बयान दिएकी छिन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार म्याद थप पश्चात यादवलाई इप्रका धरान लगिएको छ ।धरानको टोलीले पक्राउ गरेकाले यादव सँग सम्वन्धि मुद्दा इप्रका मार्फत नै अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया