- अमर काफ्ले

इनरुवाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोभिड १९ उपचार केन्द्र बिराटनगरमा उपचारको क्रममा ४८ वर्षिय पुरुषको मुत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुने पुरुष अस्पताल रोडका चश्मा व्यापारी भएको बताइएको छ ।

उपचारको क्रममा निजको ठेगाना बिराटनगर टिपाइएको भएपनि उनी इनरुवाको भएको पाइएको स्वास्थ्यले जनाएको छ । कार्यालयका अनुसार सास फेर्न समस्या भएपछि उनलाई बिराटनगर पुर्याइएको थियो । पीसीआर परीक्षणको क्रममा कोरोना देखा परेपछि उनी बैशाख ३ गतेबाट कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । स्थानीयले दिएको जानकारी अनुसार ति पुरुष भारत पुगेर फर्किएका थिए । भारतबाट फर्किएर केहि दिन घरमै बसेका उनलाई स्वास्थ्यमा समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया