आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। जस मध्ये भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया