दिलिप कुमार साह
राजविराज, १३ बैशाख । सप्तरीका ९ वटा निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल सरकारको निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने विद्यालयका संचालकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमण तीव्र गतिले फैलिन लाग्दा सरकारले राजविराजका विद्यालयहरु वैशाख मसान्तभरिको लागि बन्द गर्न निर्णय गरेको थियो । उक्त निर्णयलार्य अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा ह्यापील्याण्ड सेकेन्ड्री स्कुलका व्यवस्थापक शैलेन्द्र कुमार झा, लक्ष्मी इंगलिस बोडिङ्ग स्कुलका संचालक राजेश कुमार यादव, शिक्षकहरु बैद्यनाथ कुमार झा, बुलन्द साह, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरि किसुन राय, लिटिल एन्जल बोडिङ्ग स्कुलका संचालक नरेन्द्र प्रसाद देब, पिसजोन स्कुलका संचालक उमाकान्त साह, सृजना सेकेन्ड्री स्कुलका शिक्षिका रिमा झा, लिटिल फलावरका सेकेन्ड्री स्कुलका संचालक डा . कमानन्द देब , ग्रीन ईगलिस बोडिङ्ग स्कुलका शिक्षक मनोज यादव, शिब इन्टरनेशनल बोडिङ्ग स्कुलका संचालक नरेश प्रताप साहलाई प्रहरी नियन्त्रणम लिएको छ ।
सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया