इनरुवा/किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई अदालतले ७ दिन म्याद थपेको छ । सुनसरी जिल्ला अदालतले प्रहरी अनुसन्धानको लागि यादवको हकमा दोस्रो पटक म्याद थप गरेको हो । अघिल्लो पटक ५ दिन म्याद दिएको अदालतले पछिल्लो पटक प्रहरीलाई अनुसन्धानको लागि थप ७ दिनको अवधि दिएको हो ।

अध्यक्ष यादव उपर किशोरी बलात्कारको अभियोग लगाइएको छ । यादवले इटहरीबाट खाजा खुवाउने भन्दै फकाएर होटल पुर्याई १७ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।प्रहरीले यादवलाई बैशाख ८ गते धरान–भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार यादव किशोरीलाई जबरजस्ती करणी गर्दागर्दैको अवस्थामा रंगेहात पक्राउ परेका थिए ।प्रहरीले घटना सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी सम्वन्धि मुद्दामा प्रहरीले २५ दिनको अनुसन्धान अवधि पाउने कानुनी व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया