इनरुवा। इनरुवा लगायत आसपासका क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमिति इनरुवा सुनसरीले ब्याग तथा मास्क वितरण गरेको छ । नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिले पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाका लागि आवाज उठाउँदै आएको बेला पत्रकारहरुको आवश्यक पर्ने सामाग्री राख्नको लागि व्याग वितरण गरेको हो ।

नेपाल प्रेस युनियन इनरुवा नगरका सभापति टोमराज मेहताले आफूले घोषणा गरेको १० बुँदे घोषणापत्रको पहिलो थालनी गरेको बताए । अरु बाँकी रहेको नौवटा बुँदालाई कोरोनाको महामारी सकिएपछि तुरुन्तै कार्यान्वयन गर्न ढिलाइ नगर्ने बताए । प्रेस युनियनका इनरुवा सभापति मेहताका अनुसार बुधबार २५ जना पत्रकारहरुलाई एक/एक थान ब्याग र एक/एक पोका मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क उपलब्ध गराएको सभापति मेहताले बताए ।

व्याग वितरण् कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले पत्रकारहरुप्रति सकारात्मक रहेको बताए । प्रेस युनियन इनरुवाले गरेको व्याग वितरण कार्यक्रमले पत्रकारहरुबीचको सम्वन्धलाई प्रगाढ गरेको उनले बताए । पत्रकारहरुले हिजोका दिनका धेरै दुःख गरेको र अहिले श्रोत साधन भएकाले पत्रकारीता गर्न सहज भएको नगरप्रमुख मेहताको कथन छ । पत्रकारीता पेशामा युवाहरु दिनप्रतिदिन आर्कषित भएकोले पत्रकारीता पेशालाई मर्यादित बनाउन आवश्यक रहेको नगरप्रमुख मेहताले बताए । हस्तान्तरण कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश १ का पूर्व सदस्य शशी कोइराला, जयकृष्ण यादव, प्रदेश सदस्य प्रमोद यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतले पत्रकारलाई ब्याग हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया