इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा संचालित दर्ता शिविरमा २ सय ११ जनाले सेवा लिएका छन् । वडा कार्यालय लक्षित गरिएको दर्ता शिविरमा व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षा सम्वन्धि सेवा संचालनमा ल्याइएको थियो ।

गाउँपालिकाकी सुचना अधिकृत सृजना क्षेत्रीका अनुसार दर्ता शिविर तीन दिन सम्म संचालनमा ल्याइएको थियो ।१३, १४ र १५ गते संचालित शिविरमा २ सय ११ जनाले सेवा लिएको क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा समावेश ९ जनाले दर्ता शिविर मार्फत सेवा लिएका छन् ।कार्यालयले दिएको जानकारी अनुसार दर्ता शिविरमा १ सय ११ जनाको जन्मदर्ता गरिएको छ । ९ जनाको मृत्यु दर्ता गरिदा ७० जनाले विवाह दर्ता गराएका छन् । त्यसैगरी बसाईसराई गर्ने २ जना व्यक्तिगत घटना दर्ता गराउँदा तीन दिन सम्म चलेको शिविरमा सम्वन्ध विच्छेदको घटना भने दर्ता भएको छैन् ।गाउँपालिकाले दिएको जानकारी अनुसार शिविरमा सामाजिक सुरक्षा संग सम्वन्धित सेवा र व्यक्तिगत घटना दर्ता सम्वन्धित १० जनाले प्रतिलिपी लिएका छन् । सुचना अधिृकत क्षेत्रीले उक्त विवरण कार्यालय समय सम्म उपलब्ध कागजातको आधारमा तयार पारिएको बताइन् । उनले सो संंख्यामा केही तलमाथि र छुटपुट भने हुन सक्ने बताइन् ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेका अनुसार राष्ट्रिय अभियान अन्तर्गत संचालित शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।घिमिरेले शिविर मार्फत बढी मात्रामा व्यक्तिगत घटना दर्ता गराउन छुटेकाहरुले लाभ लिएको बताए । उनले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई पूर्ववत रुपमै गाउँपालिकाले वडातह सम्मै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउदै आएको समेत बताए ।

तपाईको प्रतिक्रिया