हरिनगर। कोभिड १९ कोरोना रोकथाम नियन्त्रण गर्नकालागि हरिनगर गाउँपालिकाले सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा कोभिड १९ महामारी रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड १९ को भयावह स्थितिलाई मध्यनजर गर्दै भारत सिमा सँग जोडिएका नाकाहरुबाट शर्तकता अपनाउनमा सिमामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरोकारवालाहरु तथा सर्वसाधारणलाई आग्रह समेत गरेका छन।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खडकाले कोभिड १९ बाट जोगिनकालागि अनावश्यक भिड भाड नगर्न, सामाजिक दुरी कायम गर्न, घरबाट बाहिर निस्किदा मास्कको प्रयोग गर्न, अनावश्यक भिडभाडबाट टाढै बस्ने तथा पुर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न समेत गाउँपालिकाबासीमा अन्तरक्रिया कार्यक्रमबाट अनुरोध गरेका छन। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगत, जनप्रतिनिथि, स्वास्थ्यकर्मी, संचारकर्मी, शसस्त्र प्रहरी तथा जनपथ प्रहरी समेतको उपस्थिति रहेको समाजसेवी नइम अंसारीले जानकारी दिएकाहुन।

तपाईको प्रतिक्रिया