- अमर काफ्ले

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल गरिएको छ । तीन दिनको अवधिमा कोरोना संक्रमित २ जनाको मृत्यु भएपछि सुनसरी प्रशासनले सो क्षेत्र सिल गरेको छ ।प्रशासनले केहि समय अघिबाट उक्त क्षेत्र सिल गरिएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अर्को सुचना जारी नभए सम्मको लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको बताउनु भयो । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । उनले जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नु परेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन आग्रह गरेका छन् ।महेन्द्रचोकमा रहेको एक परिवारका संक्रमित ९ जना मध्ये तीन दिनको अवधिमा आमा छोराले ज्यान गुमाएका छन् ।


तपाईको प्रतिक्रिया