- अमर काफ्ले

अटेर गरी सडकमा गुडाइएका २ सय ७० वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिइ कार्वाही गरेको छ । कार्यालय सुनसरीका अनुसार निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी कुदाइएका सवारी नियन्त्रणमा लिई कार्वाही गरिएको हो ।

जिल्ला प्रहरी प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पहिलो दिन धेरैजसोलाई सम्झाई बुझाई छाडिएको छ । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २ सय ७ वटा छन् । प्रहरीका अनुसार तीन पाङग्रे ५८ र चार पाङग्रे सवारी ५ वटा नियन्त्रणमा लिइएको छ । सुनसरी प्रहरीले भोलिबाट थप कडाई गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया