- अमर काफ्ले

सुनसरीमा उपचार पश्चात १ सय ५६ जना कोरोना संक्रमित निको भएका छन् । सुनसरीमा पीसीआर र एन्टिजेन परीक्षणको क्रममा अहिले सम्म ९ सय ६६ जना पोजेटिभ पाइएकोमा ११ जनाको मृत्यु हुँदा १ सय ५६ जना उपचार पश्चात निको भएका छन् । कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार सक्रिय संक्रमित मध्ये धेरैजसोको स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएको छ ।
सुवेदीका अनुसार कार्यालयमा प्राप्त विवरणका आधारमा जिल्लामा ११ जनाको मृत्यु भएको छ । जसमा इटहरी र इनरुवाका ४–४ जना छन् भने धरानका २ र बर्जुका १ जना रहेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हाल सम्म कुल सक्रिय संक्रमितको संख्या भने ७ सय ९९ रहेको छ ।


स्वास्थ्यले कार्यालयमा उपलब्ध तथ्याङकको आधारमा दिएको जानकारी अनुसार धरानमा ३ सय १ जना संक्रिय संक्रमित रहेका छन् । इटहरीमा २ सय ८५ संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार नगरपालिका तर्फ बराहक्षेत्रमा २१, इनरुवामा ८४, दुहवीमा १३, रामधुनीमा २५ जना सक्रिय संक्रमित रहेको छन् ।यस्तै गाउँपालिका तर्फ कोशीमा ७, हरिनगरमा ८, भोक्राहामा ६, देवानगञ्जमा १२, गढीमा ९ र बर्जुमा १६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार पालिका नखुलेको १२ जना समेत सक्रिय संक्रमितको सुचीमा रहेका छन् । संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया