- अमर काफ्ले

नेपाली काँग्रेस सुनसरीले पार्टी कार्यालयको भवनलाई आइसोलेसनका रुपमा संचालनमा ल्याउन दिने भएको छ ।जिल्ला सभापति समेत रहनु भएका प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले इनरुवामा रहेको पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यक्यता अनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको बताउनु भयो ।
कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवनमा आइसोलेसन संचालन गर्न नगर प्रमुखलाई भनिएको बताउनु भयो ।

कोइरालाले आइसोलेसन कक्ष संचालनका लागि नगरपालिकाले पूर्वाधार खोज्दै गर्दा पार्टी कार्यालयको भवन प्रयोगमा ल्याउन सक्ने गरी इजाजत दिएको जानकारी दिनुभयो ।वहाँले होल्डिङ सेन्टर निर्माण, आइसोलेसन कक्ष संचालन तथा कोरोना परिक्षण जस्ता कार्यमा समेत आफ्नो साथ र सहयोग रहने बताउनु भयो । कोइरालाले जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्न आग्रह गर्नु भएको छ ।यसैबिच इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफ्ले प्रयोग गर्दै आएको सरकारी गाडी उपचारार्थ प्रयोजनमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने बताउनु भएको छ ।नगर प्रमुख मेहताले नगरवासीको स्वास्थ्य भन्दा ठूलो कुरो अरु हुन नसक्ने भन्दै एम्बुलेन्स अभावको अवस्था आए आफ्नो गाडी प्रगोग गर्न दिने गरी गरी बन्दोवस्ती मिलाइएको बताउनु भयो । मेहताले आवश्यक्ता परेको अवस्थामा ९८४२०५७६८३ नम्बरमा फोन गरी जानकारी गराउन भन्नु भएको छ ।मेहताले समस्यामा परेका नगरवासीले नगरपालिकामा सम्पर्क राख्न आग्रह गर्नु भएको छ । मेहताले नगरवासीको हकमा एक, दुई भित्रैबाट पीसीआर परिक्षण समेत थालिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया