- अमर काफ्ले

कोरोना महामारीका बिच स्थानीय समाजसेवी रोहित निरौलाले प्रहरीलाई सहयोग गरेका छन् । उनले प्रहरीको लागि स्वास्थ्य सावधानीका साधन सहयोग वापत उपलब्ध गराएका हुन् ।

समाजसेवी निरौलाले आफुले व्यक्तिगत पहलमा जुटाएको सामग्री प्रहरीलाई हस्तान्तरण गरेको बताए । उनले सम्राट श्रेष्ठसँग मिलेर स्वास्थ्य सामग्री जुटाइएको बताए ।

निरौलाले मास्क, सेनिटाइजर, पन्जा, ह्याण्डवास जस्ता सरसामान जिल्ला प्रहरीलाई हस्तान्तरण गरिएको बताए । उनले सो सामाग्री जिल्ला प्रहरी कार्यालय पुगेर हस्तान्तरण गरेका थिए ।
निरौलाले बुझाएको सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बुझेका थिए ।निरौलाले जनसेवामा अहोरात्र हटिने प्रहरीलाई कोरोना महामारीको समयमा स्वास्थ्य सावधानी अपनाउन सहज होस भनी त्यस्ता सामाग्री सहयोग वापत उपलब्ध गराएको बताए । उनले आवश्यक्ता परे अन्य सहयोग समेत उपलब्ध गराउन तयार रहेको बताए । निरौलाले यसअघि समेत पटक पटक सुरक्षाकर्मीलाई लक्षित गरी स्वास्थ्य सामाग्री लगायतको सहयोग उपलब्ध गराइ सकेका छन् । निरौला विपन्न तथा गरिव परिवारको सहयोगमा समेत सकृय रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया