- अमर काफ्ले

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत मास्क र सेनिटाइजर वितरण थालेका छन् । एमालेको युवा नेता समेत रहेका बस्नेतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका लागि मास्क र सेनिटाइजर जस्ता सामाग्री वितरण थालेका हुन् ।

बस्नेत नेतृत्वको टोलीले विशेष अभियान अन्तर्गत रही देशभरका जिल्लामा पुगेर प्रहरीलाई स्वास्थ्य सावधानी अपनाउन आवश्यक सामाग्री वितरण गर्ने जनाएको छ ।मोरङबाट अभियान थाली सुनसरी पुगेको टोलीले प्रहरी प्रमुख कमल थापालाई भेटी सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बस्नेतले फ्रन्ट लाइनमा खटिने प्रहरीलाई लक्षित गरी अभियान चलाएको बताए ।उनले जनताकोे सुरक्षामा अहोरात्र खटिने प्रहरीको भूमिका सराहनीय रहेको बताए । बस्नेतले महामारीका बेला प्रहरीको भूमिका थप अहम हुने भएकाले सावधानी पूर्वक ड्यूटी निर्वाहमा सहजता होस भन्ने उद्येश्य साथ सहयोग सामाग्री वितरण अभियान लिएर देश दौहाडामा निस्किएको बताए ।बस्नेतले आवश्यक्ता अनुसार थप सहयोग समेत जारी रहने बताए । नेपाल खेलकुद महासंघको ब्यानरमा थालिएको अभियानका सहभागिले कोरोना सचेतना सँगै स्वास्थ्यका मापदण्ड पालनामा समेत जोड दिने गरेका छन् ।


तपाईको प्रतिक्रिया