भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको फेरी म्याद थप भएको छ । यादवको हकमा जिल्ला अदालत सुनसरीले ५ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नेरेन्द्रकुमार कार्कीले अदालतबाट थप ५ दिन म्याद थप भएको जानकारी दिनुभयो ।

अदालतबाट यस अघि तीन पटक म्याद थप भैसकेको छ । पछिल्लो पटक थपिएको ५ दिनको अवधि सँगै प्रहरी अनुसन्धानको २४ दिन पुग्ने छ । प्रहरीले पछिल्लो पटक पाएको ५ दिने म्याद भित्र अनुसन्धान फाइल सहित यादवलाई अदालत बुझाउने छ ।अध्यक्ष यादव १७ वर्षिया किशोरी जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा छन् । उनी बैशाख ८ गते धरानको डुकु होटल एण्ड लजबाट रंगेहात पक्राउ परेका थिए ।


तपाईको प्रतिक्रिया