इनरुवा। नेपाल प्रेस युनियन सुनसरी शाखाले सोमबार कोरोनाबाट संक्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको छ ।दोस्रो चरणको कोरोना भेरियन्टबाट जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका बेलामा सोमबार पहिलो दिन ७ जना पत्रकारको घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको हो ।

कोरोनाबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका जिल्लाका ७ जना सञ्चारकर्मीलाई घरमै गएर औषधी सहितको स्वास्थ्य सेवा प्रदान गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।इटहरी कार्यक्षेत्र बनाएर बिभिन्न सञ्चार माध्यमा कार्यरत ६ जना र इनरुवा कार्यक्षेत्र बनाएर कार्यरत एक जना गरेर जम्ममा ७ जना पत्रकारलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

संक्रमित सञ्चारकर्मीलाई आवश्यक औषधी उपचार, स्वास्थ्य परामर्श, यस महामारीका बेलमा अपनाउनुपर्ने सतकर्ता लगायतको बिषयमा सेवा प्रदान गरेको डा.अमितकुमार खतिवडाले बताउनुभयो ।कोरोना महामारीका बेलामा समाजले हेर्ने दृष्टिकोण फरक भएका बेलामा थोरै भएपनि सहज होस भने उदेश्यले मानवताको नाताले निःशूल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको उहाँले बताउनुभयो ।प्रेस युनियन सुनसरी र डा. अमितकुमार खतिवडा तथा स्टाफ नर्स किरण चौधरीसंग भएको सहमित अनुसार स्वास्थ्य सेवा प्रदान गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रेय युनियन सुनसरीले सुरु गरेको यो कार्यलाई सबैले प्रशंसा समेत गरेका छन् ।


तपाईको प्रतिक्रिया