इनरुवाको वडा नम्बर २ मा पर्ने मेहता टोल सिल गरिएको छ । टोलका घरै पिच्छेका व्यक्ति संक्रमित र कोरोना सँग लक्षण मिल्दो पाइएपछि प्रशासनले सिल गर्ने निर्णय गरेको हो । स्थानीय तहको आग्रहमा तत्कालका लागि सो टोल सिल गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

मेहता टोलका एक ३५ वर्षका पुरुषको गयराती मृत्यु भएको थियो । कोरोना संग लक्षण मिल्दो भएपनि घरायसी उपचारमै बसेका पुरुषको मृत्युपछि नगरपालिकाले सो क्षेत्र सिल गर्न प्रशासन समक्ष आग्रह गरेको थियो ।नगर प्रमुख राजन मेहताले लक्षण मिल्दो व्यक्तिको निधन भएको र घरै पिच्छे संक्रमित पाइनुका साथै लक्षण रहेका व्यक्तिको संख्या निकै रहेकाले टोल सिल गर्ने निर्णयमा पुगिएको जानकारी दिनुभयो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले इनरुवा नगरपालिकाको आग्रहमा संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै चार किल्ला तोकी टोल सिल गरिएको बताउनु भयो ।प्रजिअ ढकालले कुनै पनि स्थानीय तहमा फैलदो संक्रमण रोक्न जोखिमलाई हेरी सिल गर्नुपर्ने भए सम्वन्धित स्थानीय तहले स्थान वा क्षेत्र तोकी नेपाल प्रहरी सँगको समन्वयमा गर्न र गराउन सक्ने समेत बताउनु भएको छ ।


तपाईको प्रतिक्रिया