इनरुवा। राष्ट्रपति र प्रधानमन्त्रीले हठातमा संसद विघठन गर्नु दुर्भाग्यपूर्ण भएको १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजिब कोइरालले बताउनुभएको छ ।शनिबार बिहान कुराकानीका क्रममा नेता कोइरालले सो कुरा बताउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा मध्यरातमा गरेको सार्वभौम संसदको विगठन मुलुक र आमा नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको नेता कोरालाले बताउनुभयो ।

अहिले देश र जनता विश्वब्यापी फैलिएको कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई झुक्याएर राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा गरेको संसद विगठन दुर्भाग्य पूर्ण भएको उहाँको भनाई छ ।कोरोनाको महामारीमा उपचार र अक्सिजन नपाएर जनता मरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेर तमासा गरेको भन्दै नेता कोइरालाले आक्रोस व्यक्त गर्नुभयो ।

कोरोना महामारीका बेलामा जनतालाई प्राणवायु अक्सिजन, अस्पतालमा अभाव, सिटामोल अभाव भएको बेलामा संसद विगठन गरेर चुनाव घोषणा गर्ने समय नभएको नेता कोइरालाले दाबी गर्नुभयो ।कोरोना महामारीको संकट विरुद्द लड्न राष्ट्रिय सहमति जुटाएर जनताको जीवन बचाउन एकजुट भएर लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले देशलाई अनिश्चितताको बाटोमा धकेल्ने कार्य गरेको नेता कोइरालले दाबी गर्नुभयो ।जनताले अहिलेको कोरोना महामारीबाट पार पाउनका लागि भ्याक्सिन खोजिरहेको समयमा प्रधानमन्त्रीले जनताको आशा र भरोशामा कुठाराघात गरेको भन्दै नेता अकोइरालले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले आम नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र प्रति नै वितृष्णा उत्पन्न गराउने कार्य भएको दाबी गर्नुभयो ।


तपाईको प्रतिक्रिया