Cricket-U-19

माघ १८, काठमाडौँ। १५ बर्षपछी अन्डर –१९ विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा आज भारतको सामना गर्दैछ ।

टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपालले अहिले भारतको सामना गर्दैछ । खेल बाक्लो हुस्सुको कारण केहीबेर ढिला सुरु भएको छ । प्रतियोगितामा नेपाल र भारत दुवै अपराजित यात्रामा छन् भने दुवै टोलीले क्वाटर फाइनलको यात्रा यस अघिनै तय गरिसकेका छन् ।

खेलमा भारत लिगको शीर्ष स्थानमा भएपनि नेपाल समान अंकसहित ४ अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । नेपालले आफ्नो खेलमा टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डलाई सहज रुपमा हराएको अवस्थामा आजको खेल भारतलाई निकै कठिन छ । नेपालको लागि पनि यो भाग्य बनाउने खुड्किलो सावित हुनसक्ने खेलप्रेमीहरुको भनाइ छ ।

पछिल्लो दुइ खेलमा निकै शक्तिशाली खेल पर्दर्शन गरेको नेपालले आज भारतलाई पराजित गर्न सके नेपाली टोली समूह विजेता हुनेछ । तर भारत क्रिकेटमा निकै माहिर भएकाले आजको खेल जित्नु नेपालका लागि सहज भने छैन ।

अपडेट

नेपालले पहिलो ओभरमै एक विकेट गुमाएको छ ।ओपनर सुनिल धमला शून्य रनमै आउट भए । उनले २ बल सामना गरेका थिए । धमलालाई अभेस खानले आउट गरेका हुन् ।पहिलो बलमै सन्दिप सुनार झण्डै गोल्डेन डकआउट भएका थिए । 

 

तपाईको प्रतिक्रिया